यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

✏️विनोद पौडेल


दिनभरीको काम, पढाइ र अरु झिनामसिना तनाब र चिन्ताले अलि बढी थकान महशुस हुन्छ अचेल । यो मनमा आफ्नो जिन्दगीको मात्र नभै आफन्त र परिवारको सुन्दर भविष्यको चिन्ता त छँदै छ, त्यो सँगसँगै थोरै भए पनि देशको राजनैतिक अस्थिरता र स्वार्थले ल्याएको गतिरोधले भोली हामी कहाँ पुगौंला भन्ने अर्को तनाब उत्पन्न भएको छ ।

संयोग हो अथवा सोचाइ, यहि तनाब र चिन्ताको बिच गएराति म आफै देशको प्रधानमन्त्री भएको सपना देखेछु । देशको प्रधानमन्त्री हुनु मेरो लागी एकदमै अपत्यारिलो र कल्पना भन्दा बाहिरको कुरा हो । म राजनीतिमा थोरै चासो राख्ने भए पनि राजनीति नै गरौंला भन्ने कल्पना गर्दिन । किनकी यो संसारमा सबैभन्दा फोहोरी मलाइ राजनीति लाग्छ र जानिजानी फोहोरमा टाउँको डुबाउन पनि चाहन्न म । तर आफै प्रधानमन्त्री भएर टोपी र माला लाएको सपना देख्दा चाहीँ अचम्म लाग्दोरहेछ । विहान उठेर सम्झिँदा त मनमा केही हर्ष लाग्यो र थोरै भए पनि खुशीको अनुभूति भयो । हातमा चियाको कप लिएर पत्रीका पढ्दै गर्दा सोचेँ, यदि म सपनामा जस्तै साँच्चै नेपालको प्रधानमन्त्री हुन पाएँ भने देशको लागी के गरुँला? यो संकटको घडीमा धेरै होइन जम्मा एक महिना अर्थात तीस दिन मैले देशको नेतृत्व गर्न पाएँ भने के के गर्न सक्छु होला भनेर गम खाएँ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ, म साँच्चै भाबुक भएर सोचेछु । यदि मैले मेरो सपनामा जस्तै केपी शर्मा ओली ज्यू को कुर्ची पाएँ भने अरु नसके पनि तीस दिनमा यि ३० काम त गर्थेँ होला जस्तो लाग्यो ।

१. एउटा गैह्र राजनैतिक व्यक्ति प्रधानमन्त्री भएपछी पार्टीको बारेमा सोच्नु परेन । जे गरे पनि देश र जनताको हितमा काम गर्ने थिएँ । मेरो प्रधानमन्त्री कालका तीस दिन नेपालको विकास, समृद्दी र शक्तिको जग बसाउनमा खर्चिने थिएँ, जसका कारण नेपालीहरु साँच्चीकै नेपाली हुनुमा गर्व गरेर हिड्न पाउन् र जीबनमा सुख र सन्तुष्टीको अनुभोति हुन पाओस ।

२. सबैभन्दा पहिले संविधानको अक्षरस पालन गर्दै प्रधानमन्त्रीको सपथ लिएको दिनमै संविधानमा तोकिए बमोजिम सानो र चुस्त मन्त्रीमन्डल गठन गर्ने थिएँ । जुन मन्त्रीमन्डलमा शिक्षित, शान्त, सक्षम र देश विकासको सम्भाबना बोकेका युवाहरु रहने छन् ।

३. अहिले तराइ अशान्त छ, त्यसकारण तराइका मुख्य ५ शहरमा शान्ति सभा राख्थेँ, र पाँचै सभालाइ आफैले सम्बोधन गरेर जनतालाइ आशाबादी हुन पहल गर्थेँ । प्रत्येक जनताका आफ्ना चाहनालाइ बुझ्नको लागी सुझाब संकलन समिति बनाएर आफै सँग लान्थेँ, जसकारण जनताका खास समस्या र इच्छाको पहिचान होस र समाधान गर्न सकियोस ।

४. प्रधानमन्त्री भनेको देशको अभिभावक हो। देशका सबै कुना कुनाका जनतालाइ अभिभावकत्व महशुस गराउनु मेरो कर्तब्य हुनेछ, मैले सबै जनतालाइ समान दृष्टीबाट हेर्ने थिएँ, र सबै जनतालाइ केही समय नआत्तिन र धैर्य गर्न आह्वान गर्ने थिएँ ।

५. चौरमा सभा गरेर अथवा पत्रकार सम्मेलन गरेर भारतलाइ गाली गर्नु भन्दा छोटो समयको लागी आफै कुटनैतिक भारत भ्रमणमा जान्थेँ, र भारतिय अधिकारी सँग भारत/नेपाल सम्बन्धको बारेमा बार्ता गर्थेँ । जसकारण दुबै पक्षको भ्रम चिर्न सहज हुने थियो । साथै अरु छिमेकी र मित्र राष्ट्रहरुसँग सुमधुर मन्बन्ध बनाउन पहुल गर्ने थिएँ ।

६. प्रधानमन्त्रीको सपथ खाना साथ नेपाल सेनाको संख्या बढाउने निर्देशन दिन्थेँ, छुट्टै सिमा सुरक्षा बल बनाएर चारै दिशाका सिमनामा सुरक्षाको जिम्मा सिमा सुरक्षा बललाइ दिन्थेँ ।

७. नेपाल प्रहरीको जिम्मेबारी बढाइदिन्थेँ, यदि प्रधानमन्त्रीले गल्ती गर्यो भने पनि समातेर जेल चलान गर्न सक्ने क्षमता प्रहरीमा होस । प्रत्येक जिल्लामा आफ्नै प्रहरी भर्ना गर्ने र रेखदेश पनि जिल्ला आफैले गर्नको लागी पहल गर्ने थिएँ, जसकारण प्रहरी प्रशासन चुस्त, प्रभाबकारी र प्रतिष्पर्धी बन्न सक्छ ।

८. खुला प्रतिष्पर्धाबाट अख्तियार प्रमुख नियुक्ति गर्ने थिएँ, जसले देशमा भएको अनियमिततालाइ केही दिनमै रोक्न सकोस ।

९. जेलको क्षमता र मापदण्ड बढाउने थिएँ र इतिहासमा राजनैतिक अथवा सरकारी पदमा रहेर भ्रष्टाचारको गन्ध आएका सबैलाइ जेल चलान गर्ने थिएँ । जसबाट घुसखाने कर्मचारी देखि भ्रष्टाचार गर्ने पार्टी नेता/नेतृत्वलाइ निरुत्साहित बनाउन सकियोस ।

१०. संविधान नै संसोधन गरेर सामाजिक र साँस्कृतिक जमघट बाहेक राज्यको सहमति विना मान्छेहरु जम्मा हुने र आन्दोलन, नारा जुलुस निकाल्न प्रतिबन्ध लगाउने थिएँ । अटेर गर्नेलाइ प्रहरीले सिधै बल प्रयोग गर्ने कानुन सारवजनिक गर्ने थिएँ ।

११. देश भरी श्रमदान, सामाजिक सहयोग र भोलिन्टियर काम गर्न चाहनेहरुलाइ प्रोत्साहन गर्ने थिएँ । जसकारण जनताले सहयोगको प्रत्याभुति गरुन, र सहयोगी हातहरुले पनि सन्तुष्टि मिल्नुका साथै नेपाली भएकोमा गर्व गर्न सकुन ।

१२. भूपु प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरुले पाउने सम्पुर्ण सेवा सुविधा कटौती गरिदिन्थेँ, त्यसबापत खर्च हुने रकमबाट सामाजिक सुरक्षा (बृद्धा र बालबालिका) को लागी सरकारी कोष स्थापना गराउने थिएँ ।

१३. इन्धनको सहज आपुर्तिका लागी नेपाल आयल निगम खारेज गरेर इन्धनको किनबेच र विक्रि वितरण खुला गरिदिन्थेँ । जनतासम्म इन्धनको सहज आपुर्ति गर्ने कम्पनिलाइ सरकारी करमा विशेष छुटको ब्यवस्था गर्थेँ । जसले जहाँबाट ल्याएर जति रुपैयाँमा बेचेपनि इन्धन सुलभ हुनुपर्छ । बजार प्रर्तिष्पर्धी भएपछी जसले सस्तोमा दिन्छ उपभोक्ता उसैकोमा जान्छन् । इन्धन पनि नुन किने जस्तै सहज होस ।

१४. देशभर स्वस्थ खाना र पिउने पानीको अबलोकन र मापन, होटल र गेष्टहाउसमा चेकिङ, जन स्वास्थ्य, जनसरोकार, उपभोक्ताको हक अधिकार, वातावरण संरक्षण, बजार ब्यवस्थापन र निगरानिको लागी छुट्टै क्रियाशिल सरकारी संस्था बनाएर काम सुरु गराउँथेँ ।

१५. कालो बजारी र महंगी नियन्त्रणसँगसँगै ब्यापार बजारलाइ अझ खुला र ब्यबस्थित बनाउन पहल गर्ने थिएँ, जसकारण मुल्य र गुणस्तरमा प्रतिष्पर्धा हुन सकोस । उपभोक्ताले सस्तो खोज्ने कि गुणस्तरिय खोज्ने आफ्नो कुरा हो ।

१६. दैनिक उपभोग्य बस्तुहरु विदेशबाट आयात गर्नुको सट्टा नेपालमै उत्पादन गर्ने कलकारखाना खोल्नको लागी टेन्डर खुलाउने र जिम्मेबारी दिने समम्को काम गर्ने थिएँ ।

१७. विशेष गरि किसानलाइ राज्यको सबै सुविधाकाे ब्यवस्था गर्दै राज्यले सकेसम्मको कृषि ऋण उपलब्ध गराएर सम्पुर्ण खाद्धन्न नेपालमा नै उत्पादन गर्न जोड दिने थिएँ ।

१८. एक रुपैया कमाउनेले पनि राज्यलाइ कर तिर्नैपर्ने नियम बसाउँथेँ, करले राज्यलाइ आर्थिक रुपमा बलियो बनाउँछ ।

१९. पाँच बर्ष सम्म तिब्र गतिमा विकास गर्नको लागी गाविस देखि महानगरपालिका सम्म विशेष खालको विकास समिति गठन गर्थेँ, जुन समितिले विकास मात्रै गरोस र त्यो समितिलाइ सरकार परिवर्तनले कुनै पनि असर नपारोस ।

२०. देशमा भएका सबै अस्पतालबाट जनतालाइ निशुल्क स्वास्थ्य उपचारको घोषणा गरिदिन्थेँ, विदेशमा डाक्टर र स्वास्थकर्मीकाे रूपमा काम गर्ने नेपालीलाइ देशमा राम्रो सेवा सुविधा दिएर नेपाल फर्कन आह्वान गर्ने थिएँ । देशभरका प्रत्येक गाविसमा एउटा आधुनिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाइ अनुरोध गर्थेँ ।

२१.देश विकासको सुरुवात भनेको बाटोघाटो र विधुत हो । द्रुत मार्ग, जलविधुत परियोजना र अन्तराष्ट्रिय विमानिस्थलको लागी लगानी कर्ता खोज्नु र निर्माण प्रक्रिया थाल्नु मेरो प्राथमिकतामा राख्ने थिएँ ।

२२. देशका धनी ब्यक्तिहरु र विदेशमा बस्दै आएका नेपालीहरुलाइ हाइड्रोपावर र द्रुतमार्गमा लगानी गर्न आह्वान गर्थेँ, यस्ता परियोजना बाट आएको नाफा रकमको निष्चित हिस्सा राज्यलाइ बुझाएर लगानी गर्नेलाइ नै उपभोग गर्ने वातावरण बनाउने थिएँ ।

२३. विदेशमा भएका युवा र दश जनशक्तिलाइ उनीहरुले चाहेको सुविधा दिएर देश विकास, विज्ञान, र सुचना प्रविधीको विकासको लागी स्वदेश फर्किन सार्वजनिक आह्वान गर्ने थिएँ ।

२४. प्रत्येक नागरिक सँग विधुतिय परिचय पत्र र सोसल सेक्युरिटी नम्बर राख्नु पर्ने ब्यबस्था गर्ने थिएँ, जसकारण नागरिकका हरेक काम र ब्यबहारको जानकारी राज्यले पाओस ।

२५. देश विकासको लागी प्राविधीक सहयोग गर्न विदेशी दातृ संस्थासँग आग्रह गर्ने थिएँ ।

२६. निजी विद्यालयलाइ सरकारीकरण गरेर सबै बासबालिकालाइ १२ कक्षा सम्म निशुल्क शिक्षाको थालनी गर्ने थिएँ । निजी विद्यालयमा लगानी गर्नेहरुको पैसा सरकारी कोशबाट फिर्ता दिएर अरु ब्यवसायिक काममा लगाउन प्रोत्साहन गर्ने थिएँ ।

२७. बेरोजगार भएर बसेका युवालाइ उनीहरुको क्षमता अनुशारको काममा लगाएर देश विकास, निती निर्माण, र सरसफाइमा लगाउने थिएँ । युवाहरु काम पाएपछी आन्दोलन र क्रान्ति भनेर हिड् थिएनन् ।

२८. नेपाल बन्द गर्ने र गराउनेलाइ पहिचान गरेर आजिबन गाराबासको सजाय दिने थालनी गर्ने थिएँ ।

२९. जथाभाबी समाचार लेख्ने र सामाजिक, राजनैतिक विषयलाइ लिएर गलत सुचना दिने सन्चार माध्यम र ब्यक्तिलाइ हदै सम्मको कारबाही गर्ने थिएँ । गलत र भ्रामक सुचनाले समाजलाइ अन्धकारमा धकेल्छ ।

३०. प्रत्येक नेपाली नागरिकको घरमा राष्ट्रिय झन्डा फरफराउनु पर्ने नियमको सुरुवात गर्ने थिएँ ।
अन्त्यमा, यति काम सकेपछी पदको लोभ नगरी तीस दिन पुगेको बेलुका १२ बजे आफ्ने पदबाट राजिनाम दिने थिएँ । देशलाइ विकसित समृद्ध बनाउना अन्य धेरै कुराको आवश्यक पर्छ, तर तीस दिनमा सबै कुरा सम्भब हुँदैन । मैले माथी अहिले जनतालाइ अत्यावश्यक रहेका केही बुँदा मात्र लेखेको हुँ । यि कुराहरुबाट देश विकासको जग हाल्न सक्ने हो भने हामी साँच्चिकै समृद्ध बन्ने छौं । मलाइ प्रधानमन्त्री हुने रहर पनि छैन, र जीबनमै राजनिती गरेर मन्त्री प्रधानमन्त्री बन्ने सोँच पनि छैन माथीमा सबैकुरा गैह्रराजनैतिक र काल्पनिक हुन् । जुन कुरा सरकारको नेतृत्वलाइ चाहना हुने हो भने असम्भब पनि छैनन् । माथी लेखिएका बुँदाहरुले कम्सेकम राजनैतिक नेतृत्वमा र सरकार संचालनमा रहेका ब्यक्तिहरुलाइ थोरै भए पनि परिवर्तन गर्न सकोस भन्ने चाहना चाहीँ हो । देश बन्यो भने हामी बन्ने छौं, हामी शारिरीक रुपमा जहाँ भए पनि भित्रीमनबाट देश परिवर्तन गर्नको लागी पहल गरौं ।  एक दिन त उज्यालो कसो नहोला र? पहल गरौं धैर्य होऔं ।

Twitter@ tejbinod

Facebook @ newsbinodp

E-mail: newsbinodp@gmail.com

38 thoughts on “यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

  1. Good n really interesting artical in your golden dream. Tatia samma garna sake ta Des ko nbikas garna impossible vanne nai hudaina. But, 10 number buda ko kura Ali democratic 6aina mitra.

    Liked by 2 people

    • Ramhari gajurel ji nepal lai yo halat sammama puryahuney karan nai yahi buda lai nai laguu nagarey ra ho laykh samaya sanderbhik xa

      nice artical keep it up and should be follow all dirty nepales poltician.

      Liked by 2 people

    • धेरै राम्रो लेख लेख्नु भयो हाम्रो देशका आखामा कालो पट्टि बाधेका नेता हरु का लागी तर इ नेताहरू का आखा चाहिँ कहिले खुल्ने हो

      Liked by 1 person

  2. विचार र वास्तविकता पृथक परिवेशका असमान विम्ब हुन्| कल्पना जति सहज लाग्छ, व्यावहारिकता त्यति जटिल हुन्छ| सोचाई सबैसँग छ तर बाटो कुन र कसरी ???? प्रश्न अनुत्तरित…
    देशको लागि राम्रो सोचाई राखेकोमा खुशी लाग्यो…

    Liked by 2 people

  3. kam se kam yati sujhab hamra sammananiya p m K P Sharma lagayat sampurna nepali neta haru lai dinu vayo tara bhalu ko aagadi puran ko k kam khai any way PASHUPATI NATH LE SAT BUDDHI DIUN thank you for your advice

    Liked by 1 person

  4. कुरा एकदम राम्रो तर ३० दिन पछि कुरा जहाँको त्यही फेरी के फाईदा भयो त त्यस उसले कुर्सी छोड्ने कुरै गर्नु भएन तपाई जस्तो सोच भएको ब्यक्तीले

    Liked by 1 person

    • आफूले शुरु गरेका काम कुनै सरकार आए पनि निरन्तरता दिनै पर्ने नियम बनाएर छोड्ने नि । प्रधान मन्त्री भनेको त देशको सबैभन्दा शक्तिशाली हो, आँट गरेर काम गर्ने हो भने कस्ले रोक्ने हो? सबै कुरा परिवर्तन हुन सक्छ । विरोध गर्नेलाइ जेल हाल्ने ।

      Like

  5. Nepal ma yo kura garna sabai chahanxan bt garna sakdainan kinaki hamro prasasan nai ghus khori xa pm le kam garne haina bijay sir yo karmachari tantra ultaunu parxa kam garna

    Liked by 1 person

  6. विचार र वास्तविकता पृथक परिवेशका असमान विम्ब हुन्| कल्पना जति सहज लाग्छ, व्यावहारिकता त्यति जटिल हुन्छ | देशको लागि राम्रो सोचाई राखेकोमा खुशी लाग्यो तर इ नेताहरू का आखा चाहिँ कहिले खुल्ने हो कुरा एकदम राम्रो jay nepal…..

    Liked by 1 person

  7. कुरो एकदम सहि हो तर नेपाली नेता तथा मन्त्रीहरूलाई कुर्सी भन्दा अरुको चासो नै छैन यो लेख बाट केही सिक्ने सद बुद्धि पलाओस हाम्रो देशका टाउके हरुको जय नेपाल ।

    Liked by 1 person

  8. krishna prasad bhattarai le pani singapur banauxu bhanthe, aafule gareko kama kati safal xa tyo bhana ,aafule gareko kamama 5 percent safalata paunele baki sabai kam 100 percent jandaxu bhanthanxana. hami sabaile kura doko ko doko janeka xau, kura padheka xau kama ta o. ma ta sakdina kinaki maile merai kam honestly garna sakeko xaina. tesaile ma bhanxu ma thick xaina, ra ma bhanda thick thorai manxe holan nepalama.ma arulae blem laudina ma chai thick xaina

    Liked by 1 person

  9. साथिको लेख सान्दर्भिक छ यो लेख पढेर हाम्रा नेताको अलिकति भयपनि बुद्दी फिरोस जय पसुपतिनाथ।

    Liked by 1 person

  10. लेख धेरै राम्रो र समयसान्दर्भिक छ।तपाईको सोच धेरै राम्रो र अहिलेको परिबेश सुहाउदो छ , ३० दिन को होइन ५ बर्षकै प्रधानमन्त्री हुनुपर्ने देखियो त !

    Liked by 1 person

  11. अत्यन्यै राम्रो लेख छ,बिनोद जस्तै बिचार भएका देशको लागी दिलो ज्यान दिने युवा हरुको खाँचो छ नेपाल अनि नेपाली लाई ।

    Liked by 1 person

  12. सच्चै हाम्रो देश ले यस्तो प्रधान मन्त्री पाए बिकास मा खुड्किलो नै चढ्ने थीयो ।

    Liked by 1 person

  13. राम्रो सोचाईको लागि सलाम।
    सबै नेताहरुलाई सकारात्मक शिक्षा मिलोस।

    Liked by 1 person

  14. तपाईको सोचाई एकदम सहिहो तर के गर्ने यहाँ त जनता भन्दा नेता र पार्टी धेरै छन के गर्ने

    Liked by 1 person

Leave a reply to Binod poudel Cancel reply