आफ्नो भोटको सदुपयोग गरी पोखरालाइ समृद्ध बनाउनको लागी रामजी कुँवरलाइ रोजौ 

विनोद पौडेल

पोखरा आफैमा सुन्दर छ । यसलाइ अझै सुन्दर बनाउनुपर्ने छ । तालैतालको नगरीमा दंतलहर झै मिलेको हिमालले पोखरालाइ चम्काएको छ । तर अझै पनि पोखरालाइ सुख छैन, पोखरा चम्किँदा चम्किँदै पनि पोखरालाइ अझै चम्किनु परेको छ । यसको लागी अब पोखरेलीले सोच्नु पर्ने बेला आएको छ ।

पोखरेलीले २० बर्षसम्म आफ्नो मेयर चुन्न पाएका छैनन् । २० बर्ष सम्म पोखराको मेयर को बन्यो, पोखरालाइ कस्ले हाँक्यो भनेर कसैलाइ भेउ भएन । तर अहिले साँच्चै पोखरालाइ हाँक्ने ड्राइभर आफैले चुन्ने सौभाग्य पोखरा बासीले पाएका छन् । अब पोखरा हाँक्नलाइ राजनैतिक फोहोरी खोज्ने कि एउटा इमान्दार, बोलिमा पक्का, भद्र, सालिन र पोखराको विकास गर्दै पोखरालाइ राजनैतिक, आर्थिक र सांस्कृतिक रुपमा चलयमान बनाउन सक्ने चालक खोज्ने भन्ने सम्पुर्ण जिम्मा पोखरेलीको काँधमा आएको छ । 

यतिबेला पोखरेलीले सोच्नु पर्छ, “हामीले कुनै खेल खेल्दै छैनौ, हामी त अब पाँच बर्ष सम्म हाम्रो सुन्दर नगरीलाइ अभिभाकत्व दिन सक्ने, नयाँ बनेको प्रजातान्त्रिक संविधानलाइ लागु गर्न सक्ने, संघिय ब्यवस्थालाइ लागु गर्नेसबै जनताको अधिकार सुरक्षित गर्न सक्ने, पोखराको सौंदर्यतालाइ जोगाउँदै विकास र समृद्धिका साथ पोखरालाइ एसियाकै नमुना पर्यटकिय गन्तब्य बनाउन सक्ने एउटा अभिभाबक चुन्दै छौं र पोखराको त्यस्तो अभिभावक रामजी कुँवर मात्र हुन सक्छन् ।”

रामजी कुँवर पोखराका छोरा हुन् । उनको नेपालको प्रजातान्रीक आन्दोलनमा ठूलो भूमीका छ । उनी पद र पैसाको लागी कहिल्यै अघि सरेनन् । रामजी कुँवरलाइ पोखराको श्रमिक संघले जन्माएको हो । रामजी कुँवरलाइ पोखरा लेखनाथको ट्रेड युनियन आन्दोलनले उदय गराएको हो । लेकसाइडको रेष्टुरेन्टमा काम गर्ने वेटर भाइले तलब नपाउँदा रामजी दाइ भन्थ्यो, औधोगिक क्षेत्रमा चाउचाउ बनाउने दिदीलाइ रामजी दाइकै साथ चाहिन्थ्यो । कपाल काट्ने भाइदेखि गाडी हाँक्ने ड्राइभर दाइ सम्म, सडक बनाउने कुल्लीदेखि उद्योगको हाकिमसम्मलाइ गुन लगाउने, उनीहरुहरुको हक हितको लागी आवाज बुलन्द पार्ने रामजी दाइ आज हामी सबैको आवाज बुलंद पार्नको कस्सिएका छन् । रामजी दाइलाइ हाम्रै हातले भोट दिएर हाम्रो शहरको अभिभाबक बनाउने मौका आएको छ । 

रामजी दाइ सँग पोखराको चोकचोकमा भोजभतेर गर्ने र पैसा बाँडेर भोट किन्ने पैसा नहोला, उनीसँग चुनाबको बेलामा जनतालाइ मिठो गफ लगाएर चुनाब जिते पछी जिल्ल पार्ने खालको चिप्लो बोली पनि नहुन सक्छ, तर उनीसँग प्रजातान्त्रिक सिद्धान्त छ, पोखरालाइ कसरी समृद्ध बनाउने भन्ने योजना छ, आजको युगमा पोखरालाइ कस्तो बनाउँने खाका छ र भाइभाइ भुटाउने जातजाति धर्म लडाउने होइन सम्पुर्ण पोखरेलीलाइ एकैठाउँमा जोड्ने प्रतिवद्धता छ । 

रामजी दाइसँग क्यालिफोर्नियाको सान्फ्रान्सिस्को घुम्दाको कुरा मेरो मनमा खेलीरहन्छ, हामी गोल्डेनगेट पुल अबलोकन गर्दै थियौ साथसाथै अमेरिकाको विकासको बारेमा पनि कुरा गर्दै थियौं । त्यतिबेला रामजी दाइले पोखराको सराङ्कोट सम्झिनु भएछ, र हामीसँग भन्नु भो, “ओहो यो अमेरिकालाइ पोखराको सराङ्कोटको विकास गर्न पाउने हो भने कस्तो बनाउँथ्यो होला? संसारभरका मान्छेहरु सराङ्कोट नगै मरियो भने स्वर्ग पुगिदैन भनेर जीबनमा एकपटक सराङ्कोट पुग्नै पर्ने बनाउँथ्यो होला ।” जब रामजी दाइ नेपाली कांग्रेसबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदबार बनेको समाचार पाएँ मैले सबैभन्दा पहिले उनको सराङ्कोट प्रतिको चासो सम्झिएँ । त्यसकारण निष्ठाका प्रतिमुर्ति, देशविदेशको अबलोकन गरेका, विकासका सम्बाहक, जनताको आँखामा हाल्दा पनि नबिझाउने सबैका प्रिय रामजी दाइ मात्र पोखरा लेखनाथको अब मेयर हुन लायक उम्मेदबार हुँन् । 

कम्युनिष्टहरुका चिल्ला कुरा र चोकचोकमा भोजभतेर चुनाबको दिन सम्म मात्रै हुन्, पोखराको विकास र जनताको सुखको लागी प्रजातान्त्तिक शक्तिलाइ नै रोज्नुपर्छ । स्मार्ट सिटी र विश्वकै नमुना पर्टकिय शहर बन्ने सपना बोकेको पोखरालाइ रामजी कुँवरले मात्र सही ढंगले चलाउन सक्छन् । रामजी कुँवरलाइ भोट दिने अबसर पाएकोमा सम्पुर्ण पोखरेली दाजुभाइ दिदी बहिनीलाइ बधाइ । तपाइहरुले पाएको यो अबसरलाइ संरक्षण गरि पर्यटकिय पोखरालाइ रामजी कुँवरले भनेजस्तै विश्वकै नमुना बनाउने अबसर नगुमाउनुहोस । रामजी दाइलाइ जीतको शुभकामना । “हामी भित्र म, सबै अट्ने देश, सबैलाइ जोड्ने कांग्रेस ।” 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s