म पनि ‘खरिदार’ हुन चाहन्छु

  विनोद पौडेल
मेरा एक जना खरिदार मित्र छन् । करिब दुइ वर्ष पहिले लोकसेवा आयोग पास गरेर खरिदारको जागिर खाएका उनले अहिले गाउँ विकास समितिमा सचिवको जिम्मेवारी समाल्छन् । खरिदारको जागिर पाउनु पुर्व उनी सामान्य व्यक्ति थिए । चिया पसलमा चियाको विल तिर्ने बेलामा केहीगरि पर्स निकाल्नु परिहाल्छ कि भन्ने डरले अलि पछाडी बस्ने मध्येका हुन उनी । साथीहरुसँग माइक्रो बसमा यात्रा गर्दा पनि पाएसम्म सबैभन्दा पछाडीको सिट रोज्थे । 
अहिले भने उनको जीबनले फरक मोड लिएको छ । उनको जीबन शैलीमा पहिलेको भन्दा आकासपातालको फरक देखिन्छ ।पैसा, बैंक ब्यालेन्स, घर, घडेरी, सवारी साधन उनका लागी अब सामान्य भइसके । अलि ठट्यौली पाराका उनले आफ्ना घडेरी किनेका र घर बनाउने सम्मका योजना सुन्दा मलाइ अचम्म लाग्यो । हिजो आफुसँगै चप्पल पड्काउँदै हिड्ने साथीले जाबो खरिदारको जागीर सुरु गरेको दुई वर्ष पुग्दा नपुग्दै जीबनै कायापलट भए जसरी कुरा गर्दा त्यति छिट्टै पत्याउन पनि गाह्रो हुँदो रहेछ । 
“मान्छे युरोप अमेरिका किन जान्छन्? हामीलाइ त अमेरिका यही छ । महिनामा तीन लाख रुपैयाँ बचाइन्छ । बिदेश गएर किन रापिनपर्यो?” सरकारबाट मासिक सालाखाला १४ हजार रुपैया तलब थाप्ने उनले ३ लाख रुपैयाँ कमाइ हुन्छ भन्दा अचम्म लाग्यो मलाइ ।
उमेरले तीस वर्ष पनि नकाटेका मेरा यि मित्र एउटा उदाहरण मात्र हुन् । पढेलेखेका र देशको लागी केही गर्छ कि भन्ने आशा भएका युवाहरु पनि सरकारी जागीर पाएपछी अनेकौ माध्यमबाट पैसा कमाउने र सम्पत्ति जोड्ने धन्दामा लाग्छन् । आजकल आफ्नो नियमित तलबमा काम गर्ने सरकारी कर्मचारी त को होलान र? भएपनि चामलमा बयाँ जस्तै एकादुई। 
केही समय अगाडी यस्तै विषयमा गाउँका एकजना नायव सुव्वा दाइ सँग भलाकुसारी भएको थियो । नायब सुब्बाको मासिक तलब ९ हजार थियो त्यतिबेला । जागिर खाएको ४/५ वर्षमै काठमाडौ र पोखरामा विघौं जग्गा र घरघडेरी जोडेका उनले म सँग गरेको फुर्ती आज पनि मेरो मानसपटलमा आइरहन्छ । भन्सारमा काम गर्ने उनको घर पायकको जागिर, लाखौंको कमाइ, र छोटो समयमै फेरिएको जीबनशैली देख्दा अचम्मित भएको थिएँ म। अहिले अधिकृत बनिसकेका उनको कमाइ र रहनसहन हाम्रो सोचाइको परिधिमा अट्न सक्ने जति पक्कै छैन यतिबेला । 
माथीका दुई दृष्टान्तबाट के देखिन्छ भने लामो समयदेखि हुन नसकेको स्थानिय निकायको निर्वाचन र देशको राजनैतिक अस्थिरताले निजामति सेवामा अराजकताले गाँजो हालेको छ । जसले जे गरेपनि हुने तर कार्वाही नहुने परिपाटीले कर्मचारीहरुमा डर छैन, उनीहरु नियममा पनि बस्न चाहदैनन् र नियममा बस भनिदिने पनि कोही छैन । बिभिन्न बाहनाका बिदा र सुविधा लिएर लामो समयपछी कार्यलय पुग्ने कतिपय कर्मचारीहरु हाँजिर गरेर कार्यकक्षमै तास र कम्युटरमा गेम खेलेर समय विताउने गर्छन् । कार्यलयको काम र सेवाग्राहिको सेवा भन्दा पनि विज्ञान प्रविधीको दुरुपयोग र मोजमस्ति मै सकिन्छन् कर्मचारिका दिनहरु । 
वि.स. २०५४ यता स्थानिय निकायको चुनाब भएको छैन, जसकारण दुइ/तीन वटा गाउँ विकास समितिको सचिवको जिम्मा एक जना नायब सुव्वा अथवा खरीदारले लिने गरेका छन् । एक जना सचिबले त्यति धेरै गाविसको बजेट, योजना, विकास, तलबभत्ता लगायतका सम्पूर्ण कामकाज कसरी सक्ला? हुटिट्याङ्ले आकाश धानेँ भने जस्तो पाराले धानिएका स्थानिय निकायमा विकास, शुशासन, र चुस्तता होला भन्नु कल्पना बाहिरको कुरा भयो । 
अझै अचम्म त के छ भने, यसरी गाविस सचिबको जिम्मा पाएका कर्मचारी काम गर्ने कार्यालय सम्म चाही कहिल्यै पुग्न नपर्ने रहेछ । जिल्ला सदरमुकाममा बसेर दुइ/तीन वटा गाविसको काम एकै जनाले सक्नुपर्ने रहेछ । कामलिएर सेवाग्राहीहरु दुर्गम गाउँबाट सदरमुकाम आउँछन् । सर भनेर नमस्कार ठोक्छन्, अझै सजिलो कामलाइ पनि एकछिन आलटाल गरिदिनेहो भने अलिअलि दक्षिणा झर्न थाल्छ, लन्च डिनरको ब्यवस्था त सामान्य भइहाल्यो । 
देश र जनताको सेवा गर्नको लागी “राष्ट्र सेवक” नाम पाएका सेवाप्रदायक सरकारी कर्मचारीहरु जरुरी काम लिएर सरकारी कार्यालय पुग्ने सेवाग्राहीलाइ विभिन्न बाहनामा सेवाबाट बन्चित गर्छन् । कतिपय कर्मचारीले त सेवाग्रहीलाइ “रैती” सम्झन्छन् । विकट गाउँबाट नागरिकता बनाउन सदरमुकाम पुग्ने सेवाग्राहीहरु कर्मचारिका ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्तिले एकछिनमै सकिने नागरिकता बनाउने कामको लागी २/३ दिन कार्यालय धाउनुपर्ने बाध्यता छ । आफन्त र पहुँच हुने सेवाग्राहीको काम छिनमै फत्ते गरिदिने कर्मचारीले कसैको पहुँच र भनसुन नचल्ने सेवा ग्राहिलाइ अनेक बाहानामा ढिलासुस्ती गरिदिन्छन् । जुन कर्मचारीको आफ्नो धर्म र नेपाल सरकारको निजामति कर्मचारि आचारसंहिता विपरित छ, तर पनि यसको निगरानी र कारवाही हुदैन ।
कारवाही भइ हाल्यो भने पनि देखावटी मात्र हुन्छ । कारबाही मै लेनदेन हुन्छ । हुन त कार्वाही गर्ने निकायका डाडु पन्यु धारीहरु नै यही संस्कार बाट हुर्केका छन्, नियम कानुन बनाउने तहमा पुगेकाहरु पनि धन, सम्पत्ति भनेपछी मरिहत्ते गर्छन । हरेक क्षेत्रमा घुसखोरी, भष्ट्राचार र अनियमितता छ । गाउँ विकास समिति देखि राज्य संचालन सम्म अराजकता र लापारबाही छ । कसैलाइ कसैको डर छैन । पुलिस देखि अदालत सम्म, खरिदार देखि मन्त्री सम्म सबै उस्तै छन् । राज्यमा जस्ले जे गरेपनि हुन्छ । 
मेरो बालापनदेखि नै मलाइ सरकारी कर्मचारी बन्ने अथवा राष्ट्र सेवाको कुनै पदमा बसेर काम गर्ने रहर हो। सरकारी सेवाको जुनसुकै पदमा रहन चाहिने शैशिक योग्यता पनि छ म सँग । मलाइ अर्को जन्ममा विश्वास छैन । धर्म कर्ममा पनि त्यति ध्यान छैन । पैसा कमाएर पाप लाग्छ भन्ने सोच त अझै पटक्कै छैन । हजुरबाका पालादेखि नभएको शुशासन र देश विकास म एउटाले भ्रष्टचार नगरेर होला भनेर सोच्ने मुर्खता पनि म गर्दिन । जो सँग पैसा छ त्यसको पछीपछी लाग्ने हाम्रो समाजमा भ्रष्टचार गरेरै भए पनि पैसा कमाउने हो भने सबैको हाइ हाइ पनि भइने, राम्रा राम्रा कार चढ्न र ठूलो बंगालामा बस्ने रहर पनि मेटिने । छोराछोरीलाइ राम्रो स्कुलमा पढाउन पनि पाइने । चैनको जागीर, विन्दास जिन्दगी । काम गर्न सक्ने उमेर सम्म जागीर, त्यपछी पेन्सन । यसो भनिरहँदा मलाइ हाकिम कै जागिर चाहियो भन्ने लोभ भने होइन । मलाइ त केही वर्षको लागी मेरा मित्रको जस्तै मासिक ३ लाख रुपैयाँ जति कमाइ हुने खरिदार भए पुग्छ ।

E-mail: newsbinodp@gmail.com

Twitter@tejbinod

Advertisements

13 thoughts on “म पनि ‘खरिदार’ हुन चाहन्छु

  1. Binod sir, yahako ye kamaudar kharidar mitra foreign pr/g-card holder chahe theanan kara!

    Like

  2. namaskar yo tapaiko lekh sahrai chitta bujhdo lagyo.samasya netabata shuru bhayakochha ani bhrastachar garne prabirtima gayara rokiyako chha. yasako lagi sabai bhanda pahila sthaniya nirwachan ani kanunma prasta byabastha hunuparyo ki nirwachan nahudako abasthama kasari ra ko marfat sthaniya nikaya chalaunu parne ho. karmacharilai purai jimma diyo bhane ta sabai paisa jhyam pariharlchhan ni bhratachar garer.

    Liked by 1 person

  3. पौडेल जी को लेख स्तरीय छ. शुसासन युक्त नेपाल बनाउने काममा यहासग सहकार्य गर्न प्रस्ताब राखे. सरकारी निकायमा मात्र होइन गैर सरकारी निकायमा पनि ब्यापक अनियमितता छ. नेताका मानिसहरु ngoमा काम गर्दछन. मासिक तलब नै लाख भन्दा बढि लिईरहेका छन. अनि मानबिय मानवाधिकार् अधिकार शुसासनको भाषन गर्दै हिडेका छन लोकसेवा फ़ेल् भएका हरु. लोक सेवापास गरेकाको बयान त सरले नै गरीहाल्नु भो.

    Liked by 1 person

    • धन्यवाद शिव जी । तलब १ लाख खानु त राम्रो हो, यदि सबै कर्मचारीले १ लाख तलब खाने योग्यता राख्छन्, र त्यो कर राज्यलाइ तिर्छन भने यो राज्य र कर्मचारीको लागी राम्रो कुरा हो । तर हाम्रा सरकारी कर्मचारीहरु साह्रै भोका छन्, संधै जिब्रो निकालेर बस्छन्, जे आए पनि चाटिहाल्ने । पछिल्लो पुस्ताका युवाहरु पनि सम्पत्ति जोड्ने मै तल्लिन छन्, यसको लागी तपाइ हामीले पहल गरेर केही हुने वाला म देख्दिन, किनकी यो भित्तभित्र कुहिएको छ । यसको लागी कडा कानुन बनाएर राष्ट्र स्तरबाटै कारबाही हुनु पर्छ तर विडम्वना राष्ट्र निरिह छ, कार्वाही गर्ने अख्तियारको डाडु पन्यु एक भ्रष्ट ब्यक्तिको हातमा छ । हामीले लेख्ने मात्रै हो, शुसासन र परिवर्तनको कल्पना नगरौं होला ।

      Like

  4. Baburam PHD le hausala diyekai chhan ” karmacharilai talable khana pugdaina tesaile bhrastachar badheko” re ! yesta manchhe taaukoma bhayesamma uniharulai karwahi hudaina… afna mitraharulai bhanidinus dhukka hunubhaye hunchha.

    Liked by 1 person

  5. बिनोद सर नमस्कार, सुन्दर लेखको लागि धन्यबाद. मैले तपाइको यो लेख पढ्ने मौका पाए. आफुलाई धन्य ठानेको छु.
    तपाइले आफ्ना केहि साथिहरुको कथित “राष्ट्रसेवा” गर्ने तरिका पनि उल्लेख गर्नु भएको रहेछ, म पनि एउटा खरिदार सरहको सरकारी कर्मचारी हु. अब तपाइलाई मेरो अनुरोध चाहि के भने नि हामी जस्ता काठमाडौँमा कोठा भाडा तिर्न र १ सरो कपडा फेर्नलाई महिनौ पर्खिनु पर्ने र श्रीमतीलाई एउटा सारी किनिदिनलाई दशैँ नै पर्खनु पर्ने पिडा भएका बहुसंख्यक सरकारी कर्मचारीको पिडा पनि यसै गरि लेखिदिनुस न, उनीहरुको मात्र हैन हामीजस्तोको पनि कथा लेख्नुस न, सरकारी कर्मचारीको प्रतिनिधि पात्रको रुपमा किन त्यस्ता “घुसिया” लाई अगाडी प्रस्तुत गर्नु हुन्छ? के नेपालमा इमान्दार र राम्रा मान्छे सकिएकै हुन् त? के राम्रा र इमान्दारहरु सबै अहिले नेपालमा बस्नेलाई गालि गर्न र पछि बृद्धा भत्ता खान र पशुपति आर्यघाटमा आएर मरेपछि पनि हाम्रो देशको आकाशलाई प्रदुसित पार्ने गरि युरोप र अमेरिका तिरै बसाई सरेकै हुन् त? खोज्नुस मित्र खोज्नुस सबै राम्रा मान्छे सकिएका छैनन्, जति मेहेनत नराम्रा मान्छे खोज्न र तिनको बारेमा लेख्न खर्चिनु भयो, त्यो भन्दा धेरै कम्ति समयमा तपाइले नेपालको सरकारी सेवामा रहेका राम्रा मान्छे प्रसस्तै भेटाउनु हुन्छ .अन्त्यमा छिटै नेपालको लागि कामगर्ने सच्चा कर्मचारीको कथा पढ्न पाइयोस. नमस्कार

    Like

  6. गाबिस सचिव त खरिदार पो हुदो रैछन त तर राजा हुने हैसियत राख्छन त ………गाउतिर कमै नि अचम्म कै हुदो रैछ त ………

    Liked by 1 person

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s